महिलाविरुद्ध हिंसा र भेदभाव दण्डनीय अपराध – कानुनी संरक्षणका पछिल्ला आयामहरु (प्रश्नोत्तरमाला) २०१५

महिलाविरुद्ध हिंसा र भेदभाव दण्डनीय अपराध – कानुनी संरक्षणका पछिल्ला आयामहरु (प्रश्नोत्तरमाला) २०१५

कानुनी चेतना जगाउँ, लैंगिक हिंसा र विभेद भगाउँ 

लैंगिकताका आधारमा हुने हिंसा र भेदभावको अन्त्यविना कुनैपनि मुलुक सभ्य बन्न सक्दैन ।
मानवीय मर्यादा, समानता तथा अविभेद सभ्य मुलुकका परिचायक हुन् । नेपालले सात दशक
लामो अभ्यासपछि संविधानसभामार्फत तयार पारेको नेपालको संविधान, २०७२ पनि त्यसकै
एक पछिल्लो कडी हो । नेपालको संविधान, २०७२ असोज ३ गते जारी भएपछि मुलुकले
कानुनी जगत्मा एक नयाँ अध्यायको प्रारम्भ गरेको छ । यस अध्यायले मुलुक र मुलुकवासीका
लागि कति सुखद परिणाम ल्याउने हो, त्यो हेर्न बाँकी छ । तर नयाँ संविधान जारी हुने
क्रममा नेपाली नागरिकले आफ्नो अधिकारका विषयमा आर्जन गरेको चेतना र कानुनी
प्रावधानप्रतिको चासो उच्च ऐतिहासिक स्तरको रहेको छ । समानुपातिक समावेशिताको
सन्दर्भ र समानता प्राप्तिका लागि समताको रणनीतिलाई राष्ट्रिय मूलधारको विषय बनाउने
अभ्यास आज जसरी मुलुकले गरिरहेको छ, यसअघि कहिल्यै नेपालीले आर्जन गर्नसकेका
थिएनन् । नागरिकको आर्थिक स्तरमा खासै उन्नति नदेखिए पनि चेतनामा आएको परिवर्तन
एक उच्च उपलव्धिको विषय बनेको छ । मुलुकको आधाभन्दा बढी जनसंख्या महिला रहेको,
तर उनीहरु नै विभिन्न प्रकारका विभेद र शोषणमा परेको यथार्थलाई चिर्न यस चेतनाले सूर्य–
किरणको काम गरेको छ । यो पुस्तक सोही किरणको शक्ति बढाउने अभ्यास हो ।

प्रस्तुत पुस्तक कानुन कार्यान्वयनकारी निकायमा कार्यरत कर्मचारी, अधिकारकाका क्षेत्रमा
सक्रिय नागरिक समाजका सदस्य, महिला हिंसाविरुद्ध समर्पित कार्यकर्ता र सभ्य समाजको
स्थापनाका लागि प्रतिवद्ध नेपालीका लागि एक सहायक सामग्री बन्ने हाम्रो विश्वास छ ।
लैंगिक समानतामा आधारित समाजको निर्माणकालागि कानुनमात्रै लैंगिकमैत्री हुनु प्रयाप्त
हुँदैन । त्यस्तो कानुनको यथोचित परिपालना र कार्यान्वयन पनि त्यत्तिकै जरुरी हुन्छ ।
कानुनको कार्यन्वयनको पूर्वशर्त भनेको त्यस्तो कानुनको वारेमा अधिकारवहाक र
कर्तव्यधारकहरुको विचमा संचेतना नै हो । कानुनी प्रावधान बुझेपछि मात्र यसको अभ्यास
गर्ने पूर्वाधार तयार हुन्छ । प्रावधान नै अज्ञात रहेको अवस्थामा कानुनले प्रदान गरेका
सुविधाको सदुपयोग गर्न पनि नागरिक असमर्थ रहन्छन् । नयाँ संविधान भर्खरै जारी भएको
अवस्थामा कानुनका नयाँ प्रावधानको चर्चा त्यसैपनि सान्दर्भिक बनेको वर्तमान अवस्थामा
पुस्तक उपयोगी हुने विश्वास गर्नसकिन्छ ।

Download: महिलाविरुद्ध हिंसा र भेदभाव दण्डनीय अपराध

Leave a Reply

Your email address will not be published.